रोशी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परिक्षण गरिएको छ । रेयुकाई आँखा अस्पताल बनेपा र रोशी माध्यमिक विद्यालयको समन्वयमा २ सय १५ जना शिक्षक र विद्यार्थीको आँखा परिक्षण गरिएको हो ।

विद्यालयका १०४ छात्र र ९४ छात्रा गरी १ सय ९८ विद्यार्थी तथा शिक्षक कर्मचारी १७ जनाको आँखा परिक्षण गरिएको विद्यालयले जानकारी दिएको छ । १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकोले थप उपचारका लागि आँखा अस्पताल रिफर गरिएको छ ।

source: Madani Beats

Leave a reply